|

डडेल्धुरा : तीन थान भरुवा बन्दुकसहित पक्राउ परेको चार जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले गन्यापधुरा गाउँपालिका–३ कान्तिपुरका ३५ वर्षीय केशवबहादुर शाही, ५३ वर्षीय शंकरबहादुर शाही, २९ वर्षीय कर्णबहादुर भूल र ३० वर्षीय टेकबहादुर भूललाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीका अनुसार गन्यापधुरा गाउँपालिका–३ का दुई वटा घरमा लाइसेन्सबिनाका अवैध भरुवा बन्दुकहरू लुकाइछिपाइ राखेको छ भन्ने गोप्य सूचनाका अधारमा दुई घरबाट तीन थान बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउनमा सहयोग गरेका हुन्। ‘पक्राउ परेकासँग लाइसेन्स छ भन्ने पनि सुनिएको छ,’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘हामी अनुसन्धानमै छौँ।’ 

पक्राउ परेकाहरू अपराधिक समूहका नभएको प्रहरी नायव उपरीक्षक जोशीले बताए। उनीहरू सिकारी हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.