|

काठमाडौं : साढे ३३ किलो सुन काण्डका फरार अभियुक्त नेपाल प्रहरीका निलम्बित वरीष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला अदालतमा मोरङमा आत्मसमर्पण गरेका छन्। 

पछिल्लो समय उक्त सुन काण्डका मुख्य अभियुकतका रुपमा चित्रित गरिएका खत्रीले बिहीबार बिहान आत्मसमर्पण गरेका हुन्। यसअघि मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले खत्रीलाई मुख्य अभियुक्त भनेर बयान दिएका थिए। 

उक्त सुन काण्डमा तीन जनाको मृत्यु भएको थियो। 

यो सुन काण्डमा छ जना प्रहरी उच्च अधिकृतहरू सहित २९ जना जेल चलान भएका छन्। 

यो सुन काण्डमा प्रहरीका उच्च अधिकृतहरूको संलग्नता भेटिएपछि गृहमन्त्रालयले छानविन समिति बनाएको थियो।  खत्रीविरुद्ध मंगलबार मात्रै डिफ्यूजन नोटिस जारी गरिएको थियो। उनले अदालतसमक्ष बयान दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.