|

काठमाडौं : मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि शव बरामदसँगै नेपालको एकदमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट लामो समययता भइरहेको संगठित सुन तस्करीको जालो छताछुल्ल भयो। शाक्यको हत्यासँग सुन तस्करीको जालो जोडिएको र त्यसमा प्रहरीका उच्च अधिकृतको संलग्नता रहेको आशंका गरिएको थियो। पत्र पत्र गर्दै जब यो काण्ड खुल्दै गयो प्रहरीका उच्च अधिकृतसम्म पुग्यो र बहालवाला प्रहरी अधिकारीलाई जेल चलान गरियो। 

सनमको हत्यासँग साढे ३३ किलो सुन गायब भएको काण्ड थियो। जसको खोजीमा हिँडेका सुन तस्करीका नाइके चुडामणि उप्रेती गोरेले आफ्ना सहयोगी रहेका सनमको यातनाबाट मृत्यु भएको बताइएका छन्। यो काण्डमा प्रहरी अधिकृतहरू गृहमन्त्रालयले गठन गरेको समितिद्वारा नियन्त्रण हुँदै गर्दा गोरे भने फरार भएका थिए। सबै दोष गोरेको टाउकोमा जाँदै गर्दा उनी पनि सार्वजनिक गरिए। उनी आफैँ प्रहरीको सम्पर्कमा आएको बताइएको छ। 

गोरेले उक्त सुन काण्डमा आफू भरिया मात्रै भएको र त्यसबारे नेपाल प्रहरीका निलम्बित वरीष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री भएको बयान दिएका थिए। जिल्ला अदालत मोरङमा उनको उक्त बयान रेकर्ड गरेका थिए गोरेले। गोरेले आफू बच्दै सुन तस्करीका बारेमा सबै जानकारी एसएसपी खत्रीसँग रहेको र उनको संलग्नता रहेको बयान दिएका थिए। तबसम्म खत्री भने फरार थियो। उनलाई खोज्न नेपाल प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको थियो। 

मंगलबार मात्र प्रहरीले उक्त नोटिस गरेको थियो। त्यसको २४ घण्टा बित्न नपाउँदै एसएसपी खत्री जो साढे ३३ किलो सुन काण्डका फरार अभियुक्त थिए मोरङ जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी लुकिरहेकै बेला पछिल्लो समय उक्त सुन काण्डका मुख्य अभियुक्तका रूपमा चित्रित गरिएका खत्रीले बिहीबार बिहान आत्मसमर्पण गरेका हुन्।

यसअघि मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले खत्रीलाई सुन तस्करी गर्न प्रहरी सेटिङको भूमिका खेलेको बयान दिएका थिए। बयानकै क्रममा गोरेले खत्रीले एक किलो सुन त्रिभुवन विमानस्थलबाट पास गरेबापत ५० हजार रुपैयाँ लिने गरेको समेत बताएका थिए। 

उक्त सुन काण्डमा तीनजनाको मृत्यु भइसकेको छ भने, ६ जना प्रहरी उच्च अधिकृतसहित २९ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गर्न सरकारले चैत ३० मा संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो। उक्त समितिले यो गिरोहले विभिन्न समयमा गरी लगभग ३८ क्‍विन्टल सुन तस्कर भएको अनुसन्धानबाट खुलेको जनाएको छ।

एसएसपी खत्री अदालतमा उपस्थित भएसँगै यो काण्डलाई चासोका साथ हेर्दै आएकाहरूले थप रहस्य बाहिर आउने अनुमान लगाएका छन्। 

के हो एसएसपी श्याम खत्रीको सुनसँगको नाता? 

एसएसपी श्याम खत्रीको सुन सँगको नाता यो पहिलो होइन। उनले यसअघि पनि सुन काण्डमा हिरासतमा रात बिताइसकेका छन्। २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंको तिलगंगाबाट बरामद गरेको ३४ किलो सुन काण्डमा संलग्न भएको अभियोगमा उनी पक्राउ परेका थिए। 

खत्रीको पुर्ख्यौली घर गुल्मी जिल्ला हालको तम्घास नगरपालिका- ६ हो। उनी हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका -१६ लोकन्थलीमा बस्दै आएका छन्।

खत्री २०४५ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। दुबईबाट एयर अरेबियाको जहाजमार्फत ०७३ सालमा भित्र्याएको सुन काण्डमा उनको नाम जोडिएपछि उनी विवादित एसएसपीका रूपमा चिनिएका थिए। उनी त्यही सुन काण्डमा प्रकाउसमेत परेका थिए तर ०७३ चैत ४ गते जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

तर यत्तिमै उनको तस्करीको बिरामा लागेन्। फेरि ०७४ माघ ९ गते साढे ३३ किलो सुन नेपाल भित्र्याएर पनि सम्बन्धित ठाउँमा नपुग्दै हराएपछि उत्पन्न भएको तस्करबीचको विवादले सनम शाक्यको हत्यापछि फेरि खत्रीको संलग्नता देखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.