|

दमक (झापा) : झापाको कमल गाउँपालिका-२ का कृष्ण आचार्यको साढे ३ बिगाहा जमिन बगर बनेको छ। गतवर्ष कमल खोलामा आएको बाढीले उनको लहलह धान झुल्ने खेत एकै रातमा बगर बन्यो। एकदिन त खोलाले ठाउँ छोड्ला नि भन्ने आशामा उनले चाहिँ ठाउँ छोडेका छैनन्।

जग्गाको राजश्व तिरिरहेका छन्। उनी जस्तै अरु धेरैक खेल बगर बन्यो। गत वर्षको बाढीपछि स्थानीय पीडितहरूले बयर डाँडा कृषक समूह गठन गरे। सोही समूहको अगुवाइन त्यहि बगरमा सुुरु भयो। सामुहिक खरबुजा खेती। समूहका अध्यक्ष आचार्यले भने, ‘खेती राम्रो नभएको होइन, भएकै हो तर चोरेर नै गरिखान दिएनन्।’ बगरमा वस्ती नहुने र दिन रात रेखदेख गर्न पनि सम्भव नहुने भएकाले हुलका हुल आउने चोरी समूहबाट खरबुजा जोगाउन नसकिएको उनले बताए। ‘एक÷दुई जनाले खाएर सकिने गरी कहाँ थियो। 

२२/२४ जनाको हुँदा नै दिउँसै आउँछन्। कसैले देखिहाले पनि बोल्ने आँट आउँदैन’ उनले दुखेसो गरे, ‘बोटमै काट्ने, लहरो नै उखेल्ने जस्ता कारणले यो खरबुजा खेतीबाट सोचे जति फाइदा लिन सकिएन।’ कमल खोलाको बाढी साविकको खोला भन्दा दुई मिटरसम्म पूर्व आए पछि धेरैको जमिन बगर बन्यो, खोला किनारमा बसेका सुकुमबासीहरुको उठिबास लाग्यो। तिनै पीडित किसानहरूका लागि गाउँपालिका र जिल्ला कृषि विकास कार्यालयले समेत राहतस्वरुप खरबुजा खेती सुुरु गराएका थिए। तर बजारमा बेच्नयोग्य हुन नपाउँदै चोरी भएपछि आगामी वर्ष खेती गर्न मन मरेको किसानहरू दुखेसो गर्छन्। 

गत वर्षको साउनको अन्तिम साता आएको बाढीले झापाको कमल गाउँपालिकाका ३९ परिवारको उठिबास लाग्यो। ती मध्ये वडा १ का २३ र २ का १६ परिवार थिए। विस्थापितमध्ये सवै जसो सुकुमबासी हुन्। तर कतिको त नम्बरी जग्गा पनि बगरमा परिणत भयो। खोला किनारामा रहेका झुपडी पनि बोलामा बिलाए पछि उनीहरूलाई तंग्रीन अझै कठिन भइरहेको छ। तर आय आर्जनको अरु कुनै विकल्प नभएपछि उनीलाई गरिखान त्यहि उठिबास लगाउने खोलाको बिकल्प रोज्न बाध्य भए।

बिस्थापित भएका वडा २ को सुकुमवासी वस्ती र नजिकका किसानका लागि गाउँ पालिकाको सहयोगमा कमल खोलाको बजगरमा सामूहिक खरबुजा खेती सुरु भएको थियो। गाउँपालिकाबाट मल बीउ तथा जिल्ला कृषि विकास कार्यालयले पानी तान्ने मोटर उपलव्ध गराएपछि कमल खोलाका कारण विस्थापित भएकाहरूले सोही खोलाको किनारामा खरबुजा रोपेका हुन्। 

खेती र घर गुमाएकाहरूलाई लक्षित गरी गाउँपालिकाको सहयोगमा खरबुजा खेती सुुरु भएको गाउँपालिकाका प्राविधिक सहायक प्रेम पोखरेलले जानकारी दिए। तर जुन आशा र अपेक्षाले विस्थापित बासिन्दा र धनीपूर्जा भए पनि बगर बनेको जमिन हेर्न बाध्य जग्गाधनीले खेती थालेका थिए। त्यसअनुसारको प्रतिफल पाउन सकेनन्। मुख्य कारण रहयो, चोरी।

बोरिङ गर्न आर्थिक अभाव

बाढीबाट खेत र कतिका घर समेत गुमाएका किसानहरूको समूह भएकाले उनीहरूलाई अनुदानमा पाएको मोटर गाड्न समेत आर्थिक अभाव भएको छ। बगरमा खरबुजा खेती गर्न जिल्ला कृषि विकास कार्यालयले किसानहरूलाई तीनओटा मोटर उपलव्ध गराएको थियो।

तर बोरिङ गर्ने लागत भने स्थानीय कै रहने सर्त थियो। त्यसैले उनीहरूले लागत अभावकै कारण अनुदानमा प्राप्त सवै मोटर समेत जडान गर्न सकेका छैनन्। तीन मध्ये दुईओटा मोटर मात्र जडान गरिएको र रकम अभावका कारण एउटा जडान गर्न नसकिएको कृषक समूहका अध्यक्ष आचार्यले बताए। 

‘एउटा मोटरका लागि बोरिङ गर्न नैं ३० हजार भन्दा बढी लाग्ने रहेछ’ उनले भने, ‘सवै पीडित किसान, कहाँबाट ल्याउनु त्यत्रो पैसा। त्यसैले दुई ओटा मात्र जडान गर्न सकेकाछौं, अर्को कसरी जोड्नु हो। गाह्रो भइसक्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.