|

नुवाकोट : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्।

नुवाकोटको ककनीमा बिहीबार स्काउटको तेस्रो जम्बोरीको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकाले यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन्। उनले सरकारले बालबालिका, यूवा तथा विद्यार्थीहरूको हितमा काम गर्ने बताएका छन्। २०२४-०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “स्काउटको पूर्वसदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ। अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ।”

प्रधानमन्त्री ओलीले देशलाई केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताएका थिए। “नेपाललाई अब गरिब देश होइन केही वर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउँदैछौं”, ओलीले भने। नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए।

जम्बोरीमा भाग लिन  नेपाल सहित भारत, भुटान, बंगलादेशबाट सहभागीहरू आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.