|

विराटनगर : अदालतसामू बिहीबार आत्मसमर्पण गरेका पूर्व एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलान भएका छन्। सुन काण्डमा मुछिएका एसएसपी खत्री फरारको सूचीमा थिए।

एसएसपी खत्रि आफ्ना वकिलका साथमा बिहीबार बिहान १० बजे अदालतमा हाजिर भएका थिए। हाजिर भएलगत्तै सुरु भएको खत्रीको बयान ३ बजेसम्ममा सकिएको थियो। त्यसपछि भएको थुनछेक बहस पछि न्यायाधिश नारायण प्रसाद शर्माले खत्रिलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्। 

संगठीत अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा खत्रीलाई पुर्पक्षका लागि सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिए। 

थुनछेक बहसमा वादीका तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए।

अदालतको आदेश पछि खत्रीले आफूलाई झुम्का लान माग गरेको भए पनि अदालतले मोरङ कारागारमा ठाउँ नभएको खण्डमा मात्रै पठाउने जनाएको छ। अदालतसामु खत्रीले १२ पृष्ठ बयान दिएको बताइए पनि के बयान दिए भन्ने विषय सार्वजनिक भएको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.