|

सिन्धुली : जिल्ला प्रशासन कायालय सिन्धुलीले जिल्लाभित्र काम गर्ने ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारको विवरण गृह मन्त्रालयमा पठाएको छ। कार्यालयले कामको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवतरण मन्त्रालय पठाएको हो। 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जिल्लाभरको विवरण अध्ययन गर्दा सातजना ठेकेदार कारबाहीको दायरामा देखिएकाले उनीहरूको सम्पूर्ण विवतरण मन्त्रालयमा पठाइएको बताए। 

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सातजना ठेकेदारले जिल्लाभित्र ठेक्का लिएका नौवटा पूर्वाधार अलपत्र रहेको छन्। पठाइएको विवरण मन्त्रालयले छानविन गरेर आवश्यक कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी ढकालले बताए। 

सातजना ठेकेदारले ठेक्का लिएका जिल्लाभित्रका दुईवटा सडक आयोजना, एक स्वास्थ्य चौकी भवन, एक विद्यालय भवन, तीन साविक गाविस भवन र दुई कार्यालय भवन अलपत्र देखिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.