|

बैतडी\कालिकोट गएरातिको वर्षाले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। डिलासैनी– ६को बागाम्बगरमा पहिरो जाँदा यातायात ठप्प भएको हो। अहिले पहिरो सफा गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै हावाहुरीसँगैको पानीले बैतडीको पाटन नगरपालिका– ५ ओदाली र कद्वारमा अाठ घर जोखिममा परेका छन्। वर्षाले जमिन भासिएपछि घरहरु जोखिममा परेको स्थानीय लोकेन्द्र चन्दले बताए। 'वर्षाले ६० रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको छ। मकै, भटमास तथा तरकारी, फलफूल नष्ट भएको छ', स्थानीय हिरा पाण्डेयले भने। घर र जमिन भासिए पनि मानवीय तथा पशुचौपायाको क्षति भने नभएको उनले बताए।

कालोपत्रे हुँदै गरेको पाटन पञ्चेस्वर सडकमा व्यवस्थित तरिकाले काम नहुँदा सडकको तल्लापट्टिका घर तथा जमिनमा बेलाबेलामा क्षति पुग्दै आएको स्थानीय बासिन्दाको अारोप छ। पाटन– ५ कै तल्लीस्याडीका विभिन्न ठाँउमा पहिरो गएको स्थानीय प्रकाश ठगुन्नाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.