|
फाइल फाेटाे

पाल्पा :  पहिरोका कारण शुक्रबार बिहान ३ बजेदेखि सिद्धार्थ  राजमार्ग अवरुद्ध भएको छ। 

अविरल वर्षासगै खसेको पहिरोले सडक अवरुद्ध भएको हो। तानसेन बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ दोभानको हेडबक्स नजिकै माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक अमृत भन्डारीले बताए। 

अहिले स्काभेटरको सहायताले पहिरो पन्छाउने काम भइरहेको छ। यद्यपि पानी परिरहेको कारण पहिरो पन्छाउन कठिनाई भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख पविन आचार्यले बताए। सडक अवरुद्ध भएपछि सयौं सवारी साधन बिच बाटोमै रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.