|

पाल्पा : पाल्पामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्। जिल्लाको सदरमुकामबाट रामपूरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालीका–४ हुमीनमा दुर्घटनामा भएको हो। मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले बताए। 

उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन्। २७ जना सवार बस सडक भन्दा डेढसय मिटर तल खसेको छ।  लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटना भएको हो. प्रहरी उपरिक्षक पन्तका अनुसार मृतकका संख्या बढ्न सक्ने छ। घाइतेलाई मिशन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि ल्याइदै गरिएको उनले बताए।        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.