|

दार्चुला : नेपाल र भारत सरकारले महाकाली नदीमाथि अस्थायी पुल राख्ने अनुमति दिएपछि देशको उत्तर–पश्चिम सीमा क्षेत्रमा अनौठा दृश्य देखिन थालेका छन्। 

महाकाली किनारै किनार चट्टानै चट्टान नेपालतिर व्याँस गाउँपालिकाको वडा नम्बर ६ हुतिदेखि वडा नम्बर २ दुम्लिङसम्मको महाकाली किनारको बाटो अबरुद्ध छ। दुम्लिङसम्म पुग्न भारतीय मोटरबाटो प्रयोग गर्नु पर्छ। दुम्लिङसम्म पुग्न भारत पिथौरागढ जिल्लाको जिप्ती ग्रामपंचायतको गर्वाधारसम्म मोटरबाटो छ भने गर्वाधारबाट महाकाली किनार झरेर पुल तर्नुपर्छ। 

यो क्षेत्रमा नेपालीहरू मात्रै पुल तरेर नेपाल पस्दैनन्, तिब्बतको ताक्लाकोटसम्म पुग्ने भारतीय व्यापारी, भारतीय सुरक्षा फौजको सरसमान ओसार्ने भरिया र खच्चड, निर्माणाधीन भारतीय सडकमा काम गर्ने कामदार, अन्य कामले भारतको बुँदी, गुञ्जी, नाबी, गब्र्याङसम्म पुग्ने स्थानीयका साथै विवादित क्षेत्र कालापानी लिपुलेकसम्म पुग्ने भारतीय पनि नेपाल तर्छन्। 

एकाबिहानैदेखि यो क्षेत्रमा नागरिकहरूको आवागमनको चलहपहल सुरु हुन्छ। भारततिर महाकाली किनारै किनार सडक निर्माण भएकाले लखनपुरसम्मको भारतीय बाटो पूर्णरूपमा बन्दछ। त्यसैलै उत्तर–पश्चिम सीमा क्षेत्रमा भारतीय नागरिकहरूको आवागमनको चहलपहल देखिएको गर्वाधारबाट डेढ किलोमिटर उत्तरतिर पर्ने खण्डेरामा पसल गरि बस्ने गंगोत्री भण्डारीले भनिन्। यो क्षेत्रमा नागरिकहरूको आवागमनको चहलपहल मात्रै हेर्न लायक हुँदैन भारतीय व्यापारी, सुरक्षा फौज र सडक निर्माणका सरसमान ओसार्ने खच्चडहरुको आवागमन पनि रोमाञ्चित पार्ने खालको हुन्छ। 

घण्ट, चोर र अन्य श्रृंगारका सामग्रीले सज्जित खच्चडहरू जब आफ्नो तालमा अगाडि बढ्छन् तब बाटोमा रहेका अन्य गाइवस्तु मात्रै होइन मानिसले पनि बाटो छोडिदिनु पर्छ। ‘खर्च पाजी जनावर हो, भारी बोकेको बेला त झन् मानिसलाई विपरीत दिसातिर बाट आएको भेट्यो भने धक्का दिई हाल्छ’, भारतीय सुरक्षा फौजको सलाई ओसारिरहेको बताउने खच्चडधनी धिरक बिष्टले भने।

ठूलो परिणाममा सरसमान ओसार्नु पर्ने भएकाले भेडाच्यांग्राभन्दा पनि खच्चड नै बढी उपयोगि हुने भएकाले यो भातरीय सेना, सडक निर्माण र तिब्बतसँगको व्यापारका लागि सरसमान ओसार पसार गर्न खच्चड नै प्रयोग गरिने गरेको छ।

समान ओसार्ने काममा नेपाली नागरिकको भन्दा भारतीय नागरिकका खच्चड बढी छन्। ‘एकजनासँग तीनदेखि सातवटासम्म खच्चड हुन्छन्। गर्वाधारसम्म गाडीमा मालसमान ल्याई त्यहाँबाट खच्चडमा समान ढुवानी गर्छन्।

भारतीय समान सार्ने सबै खच्चड भारतीयहरु कै हुन्छन्’, सो क्षेत्रमा पसल गर्ने गंगोत्री भण्डारीले भनिन्। 
खच्चड चलेको बेला त पूरै बाटो खच्चडकै कब्जामा हुन्छ। घाडेटो साँधुरो भएकाले आहोरदोहोर गर्न निश्चित् स्थान पनि छुट्याइएको हुन्छ। गर्वाधार नजिकै महाकाली नदी किनारमा बनाइको काठेपुलको भार क्षमता चार क्विन्टल भएकाले एक–एक गरेर खच्चडहरूलाई पुलबाट तारिन्छ। 

त्यसैगरी, थिंको भीरको भेदमा महाकालीमाथि राखिएको पुलबाट पनि त्यसरी नै खच्चड ओसारिन्छ। गर्वाधारदेखि यो थिंको भीरको भेद महाकाली किनारसम्म आधा दर्जन ठाउँमा भारतीय मेसिन प्रयोग गरेर घोडेटो बनाइएको छ। भारततिर बाटो नहुँदा खच्चहरूलाई सहजताका लागि भारतीय पक्षले नै बाटो बनाइ दिएको थिंको भिरमा पसल गरि बस्ने पुनी महराले बताइन्। यो क्षेत्रको करिब सात किलोमिटर क्षेत्रमा भारतीय खच्चडहरूको लस्कर हेर्न लायक हुन्छ।

भारतले आफ्नो तिर सडक निर्माण गर्न सके यो चलहपहल घट्ने बताउँदै नेपालतिर पनि सडक निर्माण गर्न सके चहलपलह कायम राख्न सकिने व्याँस गाउँपालिका २ का जीवन सिंह बुढाथोकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.