|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले जितेको गाउँ तथा नगरपालिकामा वर्तमान सरकारले बजेट कम छुट्याएको आरोप लगाएका छन्। शुक्रबार खाँदबारीमा कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा कोइरालाले यस्तो बताएका हुन्। 

कांग्रेसले जितेका अधिकाशं स्थानिय तहमा  सरकारले कम बजेट छुट्याएर भेदभाव गरेको उनले आरोप छ। उनले पोखरा र बिराटनगर महानगरपालिकाको उदाहण दिदै कांग्रेसको सरकार रहेको विराटनगरमा ७८ करोड मात्र बजेट दिएको बताए। 

कम्युनिस्ट सरकारले ल्याएको निति तथा कार्यक्रमको आलोचना गर्दै अहिलेको सरकार विकास विरोधि भएको समेत आरोप लगाए। गत आर्थिक वर्षभन्दा पनि कम विकास बजेट ल्याएको उनले बताए। कम्युनिष्टहरू जनवादी केन्द्रीयतामा विश्वास गर्ने र संघीयतामा विश्वास नगर्ने टिप्पणी गर्दै वर्तमान सरकारले संघीयतामा विश्वास नगर्ने अहिलेको बजेटले प्रस्ट पारेको बताए।  कम्युनिस्ट सरकार रहेको पोखरामा एक अर्ब ८० करोड बजेट छुट्याएर सरकारले विभेद गरेको उनको भनाइ थियो।
    
अहिलेको सरकारले न्यायालयलाईसमेत निरीह बनाएको बताउँदै न्यायपालिका स्वतन्त्र नभई सरकारसँग झुकेको बताए। केही दिनअघि बालकृष्ण ढुंगेल रिहाइको प्रसंग जोडेर उनले सरकार र न्यायपालिकाको मिलेमहतो रहेको र त्यस्को मतियार न्यायपालिका बनेको प्रति उनले शंका प्रकट गरे। 

शक्ति सन्तुलन खलबलिन थालेकाले निरंकुशताअघि बढेको उनले बताए। पंचायत कालमा समेत स्वतन्त्र र निस्पक्ष रहेको न्यायपालिका अहिले सरकारको निरङ्कुशताका कारण निरीह रहेको उनले आरोप लगाए। राणा र राजाको निरंकुशता नस्वीकारेको कांग्रेसले प्रचण्ड र ओलीको कम्युनिस्ट निरंकुशता पनि स्वीकार नगर्ने कोइरालाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.