|

ताप्लेजुङ : ताप्लेजुङ–काठमाडौं हवाइ भाडा वढेको छ। जेठ २३ गतेदेखि लागू हुनेगरी राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगमले भाडा बृद्धि गरेको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए। 

राईका अनुसार हवाई भाडा पाँच हजार ३३० रुपैयाँबाट वढेर सात हजार १९५ रुपैयाँ भएको छ। अन्य पहाडी विमानस्थलको पनि भाडादर बृद्धि गरेको निगमले जनाएको छ। 

जेठ ८ गतेदेखि स्थगित गरेको निगमले २३ गतेदेखि उडान सुरु गर्नेछ। ट्विनेटर जहाज मर्मतका लागि उडान स्थगित गरिएको थियो। सुकेटार विमानस्थलमा निगमले बुधबार र शुक्रबार गरी सातामा दुईदिन उडान गर्दै आएको छ। 

विमानस्थल कालोपत्रे भएकाले यो वर्ष वर्षायाममा पनि उडान नरोकिने राईले बताए। भाडादर सस्तो भएकाले यात्रुहरू निगमतर्फ आकर्षित भएपछि निजी विमानले यात्रु पाउन कठिन भएको थियो। भाडा बृद्धि भएपछि भने समस्या हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.