समाज : सुरक्षा/अपराध

हत्याको आरोपमा दुई पक्राउ
SHARES

जेठ १८, २०७५

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

    गत सोमवार राति सोही ठाउँमा बस्दै आएका थापालाई हात र खुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृत अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भन्ने वसन्त खडका र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका हो। हत्या गरी भागेका उनीहरूलाई प्रहरीले विराटनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए।

    मृतक थापाले आफ्नो आमालाई पटक–पटक कुटपिट गर्ने, विवाह गर्छु भन्दै मानसिक र शारीरिक यातना दिने गरेको कारण आफूले सहन नसकि प्रतिकार गर्नुपरेको वसन्तले प्रहरी सामु बयान दिएका छन्। ‘घटना भएको दिन पनि आमालाई चोटपटक हुने गरी कुटपिट गरी नागरिकता र लालपुर्जालगायत अन्य कागजातहरू लिएर गएको र ती कागजातहरू लिन भनी जाँदा पिट्न खोजेको कारण टहरा नजिक भेटेको बाँसको लठ्ठी र रडले हानेको हुँ’, खड्काले बयानमा भनेका छन्।

    ईश्वर थापाले मादक पदार्थ सेवन गरी पटक–पटक कोठामा गई गाली बेइजती गर्ने गर्दै कुटपिट गरेकाले घटना घटेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेकालाई कर्तब्य ज्यान अन्तर्गत कारवाही हुनेछ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]