|

बैतडी : प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले भौतिक विकाससँगै मानसिक विकास हुन आवश्यक रहेको बताएका छन्। बैतडीको दोगडाकेदार गाँउपालिका–३ श्रीकोटमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्न बैतडीका पुगेका प्रदेशमन्त्री सोडारीले स्वस्थ भएर जिउनु नै सबैभन्दा ठूलो विकास भएको बताए। 

बाटोघाटो, सडक, पुल पुलेसा जस्ता भौतिक निर्माणलाई मात्रै विकास नभनी स्वस्थ भएर जिउनुलाई पनि विकास रूपमा बुझ्न सबैमा आग्रह गरे। उनले भने, ‘प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र शारीरिक विकासका पक्षमा छ यसै अनुसारअगाडि बढ्छ, प्रदेश सम्वृद्ध बनाउछौँ भन्नेले त्यहाँका मान्छेहरू स्वस्थ छन् की छैनन् पहिले त्यो कुरा बुझ्नु जरुरी हुन्छ, त्यसैले हामी सबैको पहुँचमा स्वास्थ्यसेवा पुर्‍याउन लागिपरेका छौँ।’

संघीय सरकारको बजेटले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री सोडारीले आगामी असार १ गते आउने प्रदेश ७ सरकारको बजेटले पनि शिक्षा र स्वास्थ्यलाई जोड दिने बताए। 

स्वंयसेविकाको मासिक प्रोत्साहन भत्ता तीन हजार

प्रदेश ७ को स्वास्थ्य मन्त्रालयको जिम्मासमेत सम्हालेका सामाजिक विकासमन्त्री सोडारीले गाँउठाउँमा रहेका महिला  स्वास्थ्य स्वयसेविकाहरूलाई प्रदेश सरकारका तर्फबाट तीन हजार मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने बताएका छन्। स्वास्थ्यको सबैभन्दा तलको इकाइ महिला स्वास्थ्य स्वंयसेविका भएको र उनीहरूले स्वास्थ्य क्षेत्रमा पु¥याइरहेको योगदानका लागि भत्ताको व्यवस्था गरिन् लागेको उनले बताए। 

जिल्लाको दोगडाकेदार गाँउपालिका ३ श्रीकोटमा शुक्रवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ। शिविर सामाजिक विकास तथा सचेतना समाज बैतडीले आयोजना तथा दोगडाकेदार गाँउपालिका कार्यालय र सामाजिक विकास मन्त्रालयको सहयोगमा संचालन भएको हो। शिविरमा जिल्ला स्वास्थ्य कार्यालय बैतडी तथा नेपालगंज मेडिकल कलेज बाँकेको प्राविधिक सहयोग रहेको छ। 

यसैबीच दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा रहेको सनातन धर्म माविले छात्रावास निर्माणका लागि आवश्यक सहयोग गरिदिन मन्त्री सोडारीलाई ज्ञापनपत्र बुझाएको विद्यालयका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.