|

पाल्पा : तानसेन नगरपालीका–८ नयाँपाटीमा शुक्रबार राति भएको ट्रिपर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा नवलपरासीको विनय गाउँपालीका–३ चिसापानीका १८ वर्षीय विवेक कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए। बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको लु ३ ख ८९३९ नम्बरको ट्रिपर राति करिब ११ बजे दुर्घटना भएको हो। 

दुर्घटनामा चालक विनय गाउँपालिका–३ चिसापानीकै ३८ वर्षीय भिम परियार घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक थापाका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.