खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकपमा फ्रान्सको दाबेदारी बलियो : मैत्रिपूर्ण खेलमा इटाली पराजित
SHARES

जेठ १९, २०७५

    विश्वकप फुटबल नजिकिँदै गर्दा मैत्रिपूर्ण खेलमा फ्रान्सले इटालीलाई हराएको छ। आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने क्रममा फ्रान्सले इटालीमाथि ३-१ को जित निकाल्यो। विश्वकपमा भने इटाली छनोट हुन असफल भएको छ।

    फ्रान्सले खेलको आठौं मिनेटमा नै अग्रता लिन सफल भयो। किलियन बाप्पेको पास सदुपयोग गर्दै बार्सिलोना स्टार सामुयल उम्टिटीले गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै डिफेन्डर लुका हर्नान्डेजलाई बक्समा इटालीले फल गरेपछि फ्रान्सले २९ औं मिनेटमा पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर पारे।

    पहिलो हाफमा इटालीले एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त रहेन। मारियो बालोटेलीको फ्रि-किकमा कप्तान लियोनार्डो बोनुचीले गोल गर्दै खेल १-२ को अवस्थामा ल्याए। तर ६३ औं मिनेटमा बाप्पेको काउन्टर अट्याकमा अर्का बार्सिलोना स्टार ओस्माने डेम्बेललाई उपलब्ध गराएको पास उनले सुन्दर रुपमा सदुपयोग गर्दे इटाली विरुद्धको प्रभावशाली जित निश्चत गरे।

    डेम्बेलेले र चेल्सीका एन्गोलो कोन्टेको आकर्षक प्रहार पोस्टमा लागेर बाहिरियो। फ्रान्सको खेलमा इटालीमाथी दबाब दिएको थियो। फ्रान्सले विश्वकपमा समूह ‘सी’ मा रहेर अष्ट्रेलिया, पेरु र डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]