|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका गृहमन्त्री राम बहादुर थापा बादलले विकास निमार्णमा इमान्दार भएर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय संखुवासभाको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्। समग्र देश निमार्णको जिम्मा सरकारको मात्रै नभएर आम नागरिकको पनि भएको उनको भनाइ छ। 

देशका अधिकाशं ठाउँमा ठेकेदारले बाटो तथा योजना निमार्ण अलपत्र अवस्थामा छोडेको भन्दै मन्त्री थापाले जनताको रगत पसिना दिएर ठेकेदारलाई काम गर्नको लगाएको भएपनि ठेकेदार कामप्रति जिम्मेवार नभएको भन्दै जनताको रगत पसिनाको उपेक्षा गरेको टिप्पणी गर । उनले भने ‘जो ठेकेदार कामप्रति जिम्मेवार छैनन्, ती सरकारका विरोधि हुन्, विकास निमार्णका बाधक हुन्, तिनीहरूलाई आफ्नो बाटोबाट पन्छाउनु जरुरी छ।’ 

वर्तमान सरकारले विकास निमार्णका निम्ति सुशासन, भ्रष्टाचार र अपराधप्रति शून्य सहनशिहलताको नीति लिएको भन्दै यसमा नागरिकहरू पनि जागरुक हुन जरुरी भएको बताए। विकास निमार्णप्रति वेवास्ता गर्ने कर्मचारी र ठेकेदार बैमानी भएको भन्दै ती बैमानका विरुद्ध ठाउँठाउँबाट आवाज उठाउन जरुरी भएको मन्त्री थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.