|

पर्वत : म्याग्दीको मालिका गाउँपालिकाले नक्सा पास नगरी घर निर्माण गर्ने नागरिकको सार्वजनिक सेवा रोक्का गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड–२०७२ लाई कडाइका साथ लागु गर्ने निर्णय गरेको हो।

गत पुसमा कार्यपालिकाले भवन निर्माणमा मापदण्ड पूरा गर्नुपर्ने निर्णय गरे पनि गाउँपालिकाको केन्द्र दरबाङ बजार र अन्य वडाहरूका केही व्यक्तिहरुले नक्का पास नगरी घर निर्माण गरेपछि यस्ता काम गर्नेलाई कानुनी दायरामा ल्याउन सेवा सुविधा रोक्का गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुनले जानकारी दिए।

मापदण्ड अनुसार नयाँ घर निर्माण गर्दा नक्सा पास गर्न स्थानीयले अटेर गरेपछि कठोर निर्णय लिन बाध्य भएको प्रवक्ता पुनको भनाइ छ। गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणको उपभोक्ता समिति तथा संघ संस्थामा बस्न नपाउने निर्णय पनि गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.