दाङ : तुलसीपुरमा ट्रिप्परको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटी चालकको उपचारको क्रममा काठमाडौंमा निधन भएको छ। जेठ ११ गते तुलसीपुर जेसिज चौकमा ट्रिप्परले स्कुटीलाई ठक्कर दिँदा चालक तुलसीपुर ३ दमारगाउ निवासी टिना केसी गम्भीर घाइते भएकी थिइन्।
केसीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। रा १ क ५८३ नम्बरको ट्रिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो। ठक्कर दिने टिप्पर र चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।