|

भद्रपुर, (झापा) : पूर्वमा बढ्दो सीमा विवादलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रका सीमा स्तम्भहरूको स्थलगत अनुगमन गरी निर्माण, पुर्ननिर्माण र मर्मत कार्यलाई तिव्रता दिइने दुवै देशका सुरक्षा निकायका प्रमुखहरू सहमत भएका छन्।

झापाको सदरमुकाम भद्रपुरमा आइतबार आयोजित नेपाल–भारत सीमा सर्वे प्रतिगत समिक्षा बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखहरू सीमा स्तम्भ निर्माण, पुर्ननिर्माण र मर्मत गर्न सहमत भएका हुन्। 

बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भारत विहार राज्यस्थित सुपौल जिल्लाका डिएम बैधनाथ यादवसँग दुबै देशका सुरक्षा निकायका प्रमुखहरूले गरेको हस्ताक्षरसहितको पुस्तिका आदानप्रदान गरेका थिए। 

सन् २०१४ देखि पाँच वर्षीय योजनाका साथ नेपाल–भारत संयुक्त सीमा सर्वे अनुगमन समितिले प्रदेश नम्बर १ को पूर्वको ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा हुुर्दै सुनसरी सम्मका सीमा स्तम्भहरूको सर्वे गर्दै आइरहेका छन्। चालु आर्थिक वर्ष २०७४/७५को मंसिर महिनादेखि सुरु गरिएको सीमा सर्वे अनुसार यसवर्ष ९४ वटा सीमा स्तम्भ पुर्ननिर्माण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। 

‘झापा जिल्ला मात्र ३० वटा सीमा स्तम्भ निर्माण गरिएको छ, प्रजिअ दाहालले भने, ‘झापामा बाढीले बगाएका, हराएका र भत्किएका स्तम्भ निर्माण गर्नुका साथै ५ वटा स्तम्भ मर्मत भएको छ।, आउदो अन्मित बर्षपनि सीमा सर्वे कार्यलाई तिव्रता दिइनेमा हस्ताक्षर गरिएको उनले बताए।  

‘सीमा विवादको बिषयमा बैठकमा अनऔपाचारिक छलफल भएको थियो’, उनले भने, ‘जिल्लाहरूमा बेला बखत हुने सीमा विवादको बारेमा अभिलेख तयार पारी गृह मन्त्रलायमा पेस गर्ने छौँ, र त्यसपछि दुबै देशका सचिवस्तरीय बैठकबाट यसलाई टुंगो लगाउनेमा भारतीय सुरक्षा निकाय सहमति भएको छ।’ 

कार्यक्रममा नेपालको तर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम, झापा र सुनसरीका प्रमुृख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षक, नापी प्रमुख लगायतको सहभागिता रहेको थियो, भने भारतका तर्फबाट किशनगञ्ज, अररिया, सुपौलका डिएम, भारतीय एसएसबी, प्रहरी, नापी लगायतको उपस्थिती रहेको थियो। यसअघि दुवै देशका सुरक्षा निकायको बैठक भारतको किशनगञ्जमा भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.