|

विश्वकप आउन केही दिन मात्र बाँकी रहेको छ। विश्वकपको रौनक नेपालमा पनि देखिन थालेको छ। कसले जित्ने हो भन्ने कौतुहलता रहेको छ। 

यस पटकको विश्वकप प्रतियोगितामा सर्वाधिक पाँच पटकको विजेता ब्राजिल रहेको छ। उसले डबल ह्याट्रिक गर्ने दाउमा रहेको छ। यस्तै, चार पटकका विजेता  जर्मनी र इटाली पनि पनि प्रतिस्पर्धी छन्। 

विश्वका खेलप्रेमीको ध्यान तान्ने विश्वकपका विजेताले कति पुरस्कार पाउने छन् भन्ने सबैमा कौतुहलता रहेको छ। फिफाले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरेको छ। 

यस पटकको विश्वकप विजेताले ४० करोड अमेरिकी डलर अर्थात् लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छ। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलर अर्थात् ३८ अर्ब ६६ करोडको पुरस्कार तय गरेको थियो। विश्व विजेता जर्मनीले ३५ मिलियन अर्थात् तीन अर्ब ७८ करोड पुरस्कार हात पारेको थियो। त्यसैगरी उप–विजेता अर्जेन्टिनाले २५ मिलियन २ अर्ब ७० करोड रुपैयाँ पाएको थियो। विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले समेत ८० लाख डलर अर्थात् ८६ करोड ४० लाख रकम पाएका थिए।

यस पटकको विश्वकपमा ४०० मिलियन अमेरिकी डलर अर्थात् लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कार फिफाले वितरण गर्नेछ। जसमा विश्वकपमा भाग लिएका टिमले कम्तीमा पनि अाठ मिलियन डलर अर्थात् ८६ करोड ४० लाख नेपाली रुपैयाँ रकम पाउने छन्। 

त्यस्तै, विश्वकपको समूह चरण पार गरेर अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन अमेरिकी डलर अर्थात् एक अर्ब २९ करोड नेपाली रुपैयाँ रकम पाउने छन्। अन्तिम १६ बाट क्वाटरफाइनलमा पुग्ने टिमले चार मिलियन थप गरी १६ मिलियन डलर अर्थात् एक अर्ब ७२ करोड नेपाली रुपैयाँ पाउने छन्।

सेमिफाइनलमा पुगेर फाइनल पुग्न अफसल भएका दुई टिममा ४६ मिलियन डलर बाडिने छ। जसमा तेस्रो स्थान हासिल गर्ने टिमले २४ मिलियन डलर अर्थात् दुई अर्ब ५९ करोड नेपाली रुपैयाँ र चौथो हुनेले २२ मिलियन डलर अर्थात् दुई अर्ब ३७ करोड नेपाली रुपैयाँ पाउने छन्।

त्यस्तै फाइनलमा पुग्ने दुई टिमबीच कुल ६६ मिलियन डलर बाँढिने छ। जसमा विश्वकपको उपाधि जित्ने टिमले ३८ मिलियन डलर अर्थात् चार अर्ब १० करोड नेपाली रुपैयाँ र उपविजेताले टिमले २८ मिलियन डलर अर्थात् तीन अर्ब दुई करोड रुपैयाँ पाउने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.