|

बैतडी : गर्मीको मौसम बढ्दै जादा बैतडीका स्वास्थ्य संस्थामा बिरामीको संख्या पनि बढ्दै जान थालेको छ। 

जिल्ला अस्पताल बैतडीमा दैनिक ६०-७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए। हाल बढीजसो पखाला, ज्वरोलगायतका बिरामीहरु उपचारका लागी आउने गरेको उनको भनाइ छ।

गर्मीको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेका छन्। यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

 जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीहरुमा महिला, बालबालिका तथा बृद्धबृद्धा  रहेका छन्। गर्मी समयमा जिल्ला अधिकांस स्थानमा पानीको अभाव हुँदा सरसफाईमा ध्यान नदिँदा समेत बिरामीहरुको संख्या बढ्दै गएको छ। 

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन्।  गर्मी मौसममा खानपिन र सरसफाईमा विषेश ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.