|

काठमाडौं : कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव)ले कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन्।

कालिमाटी तरकारी बजारमा विकृति रहेको गुनासो बढदै गएपछि मन्त्री खनालले सोमबार अनुगमन गरेका हुन् ।

कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे।
अनुगमनका क्रममा मन्त्री खनालले तरकारीको भाउ के छ भनेर सोधेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.