|

काठमाडौं :  'पढ्नलाई प्रेरणा' भन्ने मुल नारासहित पठन संस्कृतिको विकास तथा प्रवर्द्धनमा समर्पित २२ अौं नेपाल अन्तराष्ट्रिय पुस्तक प्रदर्शनी जेष्ठ १८ देखि भृकुटीमण्डपमा जारी छ। जेष्ठ २६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा  नेपाल भारत तथा चीन लगायतका विभिन्न देशका ६० संस्थाको सहभागिता रहेको छ।

सोमबार प्रदर्शनीमा बालबालिकाको बाक्लो उपस्थित रहेको थियो। विभिन्न स्कुलबाट आएका विद्यार्थीले मन परेका पुस्तक लगायतका अन्य सामग्रीहरु हेर्न, रोज्न र किन्न खोज्दै थिए। दश वर्षीय बालक रुपेश शाक्यलाई लिएर आएकी आमाले यहाँ बालबालिकालाई चाहिने विद्यालयका सबै सामग्रीहरु केही सुलभ मुल्यमा  पाइने हुनाले कपनबाट आएको बताइन्।

प्रदर्शनीमा बालबालिकाका लागि दया फाउण्डेशनले 'कथा कला केन्द्र' शीर्षकमा बाल कार्यक्रम सचांलन गरिरहेको छ। तीन दिनमा लगभग पाँच हजार भन्दा धेरै  विद्यार्थीले प्रदर्शनीमा सहभागिता भएको नेपाल अन्तराष्ट्रिय पुस्तक प्रदर्शनी आयोजकका निर्देशक सन्तोष क्षेत्रीले बताए। विद्यार्थीको लागी भनेर विशेष किसिमको प्रवेशको व्यवस्था गरिएको बताउँदै उनले भने, 'विध्यार्थी पोशाकमा आएका विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था छ भने परिचयपत्र बोक्नेलाई पचास प्रतिशत सहुलियत छ ।' अन्यलाई भने प्रदर्शनीमा प्रवेश गर्न ३० रुपैयाँको टिकटको व्यवस्था छ।    

फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.