समाज

विपी राजमार्गमा ठूला गाडी नकुदाउन सर्वोच्चको अन्तरिम आदेश
SHARES

जेठ २१, २०७५

    काठमाडौं :  सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी नगुडाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। 

    यस विषयमा सरकारलाई  १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। मन्त्रीस्तरिय निर्णयले ८ भदौ २०७३ मा  गठित प्राविधिक समितिको सिफारिसको आधारमा उक्त सडकमा ठूला सवारी साधनलाई इजाजत दिने निर्णय गरेको थियो।

    तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतलाई विपक्षी बनाइ दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सडकको स्तरोन्नति र विस्तार नगरेसम्म मन्त्रिपरिषदले ठूला गाडीलाई दिएको इजाजत कार्यान्वयन नगर्न आदेश दिएको हो।

    उक्त समिति गठनको विषयमा परेको रिट सर्वोच्चमा विचाराधीन रहेकाले त्यसको आधारमा निर्णय गर्नु त्रुटीपूर्ण हुने ठहरसमेत सर्वोच्चले गरेको छ।

    विपी राजमार्गमा सडक साँघुरो भएकोले ठूला सवारी चलाउँदा दुर्घटनाको जोखिम हुने भएकोले यसअघि साना तथा मझौला खालका सवारी साधनलाई मात्र रुट परमिट दिँइदै आएको थियो।

    पूर्ण पाठ

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]