अर्थ

ढुवानीकर्ताको असहयोग, वितरकको असन्तुष्टि, काठमाडौंमा पेट्रोल अभाव
SHARES

मंगलबारबाटै सहज हुने निगमको दाबी

जेठ २१, २०७५

    काठमाडौं : आइतबार र सोमबार काठमाडौंमा अस्वाभाविक रूपमा पेट्रोल अभाव भयो। बजारमा पेट्रोलको माग बढ्यो, पम्पमा पेट्रोल सकिएको भन्दै बन्द गरिए।

    घोषित आन्दोलन पनि नभएको र अन्य किसिमका समस्या पनि नदेखिएको अवस्थामा के कारणले पेट्रोलको अभाव भयो भन्ने धेरैको चासोको विषय बन्यो। सामान्य अवस्थाभन्दा पेट्रोलको लाइन बढेसँगै उपभोक्ताले आवश्‍यकताभन्दा बढी तेल हाल्न थाले।

    नेपाल आयल निगमका अनुसार सोमबार १४ लाख लिटर पेट्रोल वितरण गरिएको छ, तथापि साँझसम्म पेट्रोल पम्पहरूमा उपभोक्ताको लाइन रहेको छ।

    यस्तो छ अभावको कारण

    नेपाल आयल निगमले शुक्रबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ३ रुपैयाँ वृद्धि गर्‍यो। आयल निगमका अधिकारीका अनुसार यस पटकको मूल्य वृद्धिमा वितरकहरूले जानकारी पाएनन्। आयल निगमले मूल्य समायोजनको औपचारिक निर्णय गरेसँगै जानकारी गराएपछि वितरकहरू असन्तुष्ट बनेका छन्। केही वितरकले त्यसपछि पम्प ढिला खोल्ने वा पेट्रोल सकिएको भनेर बन्द गर्ने काम गरेको निगमका अधिकारीहरूले बताएका छन्।

    मूल्य बढ्ने थाहा भएपछि पहिले स्टक राखेर उपभोक्तालाई दु:ख दिने काम हुन्थ्यो तर अहिले पत्तै पाएनन्', आयल निगमका ती अधिकारीले भने। ती अधिकारीका अनुसार वितरकहरूले असन्तुष्टि जनाउँदा पेट्रोल वितरणमा समस्या परेको हो।

    त्यस्तै, अहिले ढुवानीकर्ता व्यवसायीहरूले पनि आयल निगमको कदमलाई असहयोग गर्ने गरेका छन्। उनीहरूले लोड गरिएका ट्यांकरबाट चुहावट नहुनेगरी आयल निगमले लकिङ प्रणाली लागू गरेपछि ढुवानी व्यवसायीहरू असन्तुष्ट भएका हुन्। 'काम गरिरहेको छु भन्ने, ढिला कुदाउने, धेरै समय बिसाउनेलगायतका काम गरेर असहयोग भएको छ', निगमका एक निर्देशकले भने। तर यो समस्या पहिचान गरेको आयल निगमले अनुगमन गरी यसरी अत्यावश्यक सामग्रीमा दु:ख दिने व्यवसायीलाई कारवाही गर्न भने सकेको छैन।

    पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने व्यवसायीको तर्फबाट कुनै कमजोरी नरहेको दाबी गरेका छन्। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले मंगलबारदेखि सहज रूपमा वितरण हुने बताएका छन्। 'हामीले सामान्य अवस्थाभन्दा दोब्बर बढी पेट्रोल वितरण गरिरहेका छौँ, अन्य केही समस्या छैन, त्यसैले भोलिदेखि नै समस्या समधान हुन्छ', भट्टराईले थाहाखबरसँग भने।

    उनले मूल्य समायोजन गर्दा बिदा परेको कारण पनि केही असहज भएको दाबी गरे। साथै केही पेट्रोल पम्पमा पेट्रोल नभएसँगै माग दोब्बर बढेको कारण पनि समस्या आएको उनको भनाइ छ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]