छापा

कर्णाली प्रदेशमा वडा सदस्यलाई पनि तलब
SHARES

जेठ २२, २०७५

    सुर्खेत : कर्णाली प्रदेशका स्थानीय तहका वडा सदस्यले पनि तलब पाउने भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको हो।

    विधेयकमा वडा सदस्यदेखि जिल्ला समन्वय समितिका संयोजकले मासिक पारिश्रमिक पाउने व्यवस्था गरिएको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ।

    जिल्ला समन्वय समितका संयोजकले मासिक ४० हजार, उपसंयोजकको ३५ हजार र सदस्यहरुको १५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। त्यस्तै, नगरपालिकाका प्रमुखले ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २० हजार, कार्यपालिका सदस्यले नौ हजार र वडा सदस्यको सात हजार तोकिएको छ।

    विधेयकमा गाउँपालिका अध्यक्षको ३१ हजार, उपाध्यक्षको २६ हजार, वडाध्यक्षको १८ हजार, कार्यपालिका सदस्यको आठ हजार र सभाका सदस्यको छ हजार प्रस्ताव गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]