|

विश्वकप फुटबललाई विवादरहित बनाउन रसिया विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री (भीएअार) प्रणाली प्रयोगमा ल्याइने भएको छ। यो प्रणाली क्रिकेटमा भने धेरै पहिलेदेखि प्रयोग हुँदै आएको छ।

भीएअार प्रविधि नभएका कारण विश्कपमा विभिन्न समय विवाद आएका छन्। कहिले हातले गोल गर्ने त कहिले खेलाडीले प्रतिद्वन्द्वी खेलाडीलाई लात्तीले बजाउँदा पनि रेफ्रीले नदेखेका कारण उम्कने गरेका घटनाहरु भएका छन्।

फुटलब प्रतियोगितामा भीअारको पहिलो पटक सन् २०१६ मा युनाइटेड सकर लिगमा प्रयोग गरिएको थियो। त्यसपछि क्लब विश्वकप, गत वर्ष भएको रुसमा कन्फेडेरेसन्स कप, बुन्डेसलिगा, एफए कप, अन्डर ट्वान्टी विश्वकपमा पनि यसको प्रयोग गरिएको थियो। यसै वर्ष इन्टरनेशनल फुटबल एसोसिएसन बोर्डले भीएअारलाई लज अफ द गेममा समेटेपछि यसले आधिकारिकता प्राप्त गरेको छ। आगामी जुन १४ बाट सुरु हुने विश्वकप २०१८ मा यो प्रणालीको प्रयोग गिरिँदैछ।

के के हेर्छ ?

गोल अफसाइड छ कि छैन सूक्ष्म अध्ययन गर्छ। पेनाल्टी हुने सम्भावना के छ? डी बक्सभित्र फाउल गरिएको छ कि बाहिर सो अध्ययन भीएअारले गर्छ। यस्तै, रातो कार्ड हुने ट्याकल हो कि होइन लयागत अन्य गल्तीहरु पत्ता लगाई रेफ्रीलाई सही निर्णय दिन मद्दत गर्छ।

कसरी काम गर्छ ?

खेल रिभ्युका लागि चार वटा रि–प्ले अपरेटर्सको व्यवस्था गरिएको छ। यसका लागि उत्कृष्ट क्यामरा एंगल उपलब्ध हुनेछ। भिडियो एसिस्टेन्ट रेफ्री आफैंले निर्णय दिने भन्ने होइन। फिफाले विश्वकपका लागि १३ भिडियो एसिस्टेन्ट रेफ्रीलाई छनौट गरेको छ। यो टिमका सदस्य फिफाका उच्च तहका म्याच अफिसियल हुन्।

उनीहरुले खेल खेलाइरहेका रेफ्रीलाई सहयोग मात्र गर्ने छन्। टिमलाई सबै ब्रोडकास्टिङ क्षेत्रमा जाने सुविधा छ भने फुटबल समर्थकले रिभ्यु प्रोसेसबारे कमेन्टेटर, ब्रोडकास्टरलगायतबाट जानकारी प्राप्त गर्ने छन्। 

भीएआर प्रणाली आफैंमा भने विवादरहित हुन सकेको छैन। यसले फुटबलको चार्म घटाउने एकथरीको भनाइ छ भने अर्काथरी अन्यायमा परेको टिमले न्याय पाउने तर्क गर्छन्। पछिल्लो समय बुन्डेसलीगालगायतका खेलमा खेलाडी ड्रेसिङ रुममा गएपछि पेनाल्टीका लागि बोलाउनु जस्ता घटनाले यसलाई ओलोचित बनाएको छ। त्यस्तै रुस विश्वकपमा यसको सफल प्रयोग गरेर सबैलाई मान्य हुने बनाउनु फिफाका लागि निकै चुनौतीपूर्ण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.