|

बैतडी : बालविवाहका कारण महिलाहरूले थुप्रै किसिमका हिंसा खेप्नु परेको भन्दै  बैतडीका किशोरीहरू बालविवाहविरुद्धको अभियानमा जुटेका छन्। यस क्षेत्रमा सामाजिक, आर्थिकलगायत विभिन्न कारणले बालविवाह हुँदै आएको छ। बालविवाहले किशोरी तथा महिलाहरूमा समस्या सिर्जना गरेपछि यसको कम गर्न लागि किशोरीहरू एकजुट भएका हुन्।

बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरू बालविवाहविरुद्धको अभियानमा जुटेको किशोरीहरूले बताएका छन्। बालविवाहका कारण थुप्रै समस्या हुने गरेकाले आफूहरुले सामूहिक रुपमा अभियान चलाएको पञ्चेश्वर गाउँपालिका अमराडीका मञ्जु चन्दले बताइन्। उनले भनिन्, ‘बालविवाह कम गर्न गाउँमा अभिभावकसहितलाई सचेत गराउन थालेका छौं।’ शिवनाथ गाउँपालिकाका सोनिया पार्कीले बालविवाह कम गर्न पहिला आफैं सचेत हुनुपर्ने बताउँछिन्। 

करिब तीन वर्षअघि बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले गरेको अध्ययनअनुसार बैतडीमा ५९ दशमलब ५ प्रतिशत बालविवाह हुने गरेको थियो। बैतडीका ग्रामीण क्षेत्रमा अझै पनि उमेर नपुगेर छोराछोरीको बिहे गर्ने चलन कायमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.