काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरुले फलफूलका विरुवा रोपेका हुन्। त्यस अवसरमा सिंहदरबारका विभिन्न क्षेत्रमा आँप २०, लिची १५, एभोकाडो २१, अनार ७८, अम्बा २५ , कागती २०, जुनार ५०, सुन्तला १०, मुनतला ११२, मेकाडेमियानट ४० वटा रोपिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।