|

अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ।

यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ। यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठक वा सम्मेलनको रुपमा पनि लिइएको छ।

यी दुई नेताको राजनीतिक सिद्धान्त मिल्दैन। तर पनि दुईबीच आश्चर्यजनकरुपमा केही समानता भने रहेका छन्।

गत वर्ष अमेरिकी राष्ट्रपति पदमा सपथ लिनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रुपमा परिचित छन्।

उनी हाल ७२ वर्षका भएका छन् र जुन १२ मा हुने उक्त वार्ताका दिन उनको ७२ वर्ष पूरा भइसक्नेछ।

उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वको कान्छो राष्ट्रपतिको रुपमा रहेका छन्। उनी हाल ३४ वर्ष छ महिना पुगेका छन्। उनी आज भन्दा छ वर्ष अघि नै उत्तर कोरियाको नेताका रुपमा काम थालेका हुन्।

सोलसिथ्त योनसे युनिभर्सीटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गरेका छन्।

त्यसैबमोजिम उत्तर कोरियाले पनि अमेरिकासँगको वार्ताको तयारी गरिरहेको जनाएको छ। यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा वार्ता हुन लागेको छ। त्यसैले हप्ता दिनपछि मात्र वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेरबदललाई चासोपूर्णरुपमा लिइएको छ।

यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ। यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.