अर्थ

नेप्से ठप्प भएपछि अर्थले गर्‍यो समिति गठन, शंकामा लगानीकर्ता
SHARES

जेठ २२, २०७५

    काठमाडौं : सोमबार शेयरको कारोबार ठप्प भएपछि अर्थमन्त्रालयले चासो दिएको छ। दिनभरका विभिन्न किसिमका छलफलपछि अर्थ वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुखको नेतृत्वमा समिति गठन गरिएको हो।
     समितिमा राजश्व महाशाखा, आन्तरिक राजश्वा विभाग, धितोपत्र बोर्ड, नेपलस्टक एक्स्चेन्ज र नेपाल किलियरिङ हाउसका प्रतिनिधिहरू रहेका छन्। १५ दिनको म्याद दिएको समितलेले धितोपत्रलाई व्यवस्थित गर्नको लागि सुझाव पेश गर्ने छ। 

    ‘अहिले देखिएका विविध समस्या र बजारलाई थप प्रभावकारी बनाउनको आवश्यक सुझाव समितिबाट मागिएको छ, सोहिअनुसार हामीले काम गर्छौं,’ संयोजक उत्तरकुरमार खत्रीले थाहाखबरसँग भने। 

    उनले यस बीचमा शेयर लगानीकर्ता, विज्ञ तथा विश्लेषकहरूसँग बसेर प्रतिवेदन तयार पारी त्यही प्रतिवेदनमा आधामा आगामी योजना अघि सारिने बताएका छन्। हकप्रद र बोनसमा बढाएको लाभकर खारेज गर्नुपर्ने माग राख्दै सोमबारबाट शेयर लगानीकर्ताका तीनवटा प्रतिनिधि संस्थाहरू आन्दोलनमा छन्। 
    मंगलबार दिनभर नै शेयर कारोबार ठप्पभएपछि समस्या समधानमा अर्थमन्त्रालयले समिति गठन गरेको हो। लगानीकर्ताहरूले भने विना वार्ता गरिएको यस्तो किशिमको समितिको अर्थनहुने बताएका छन्। नेपाल इन्भेष्टमेन्ट फोरम उपाध्यक्ष तथा शेयर विश्लेोषक छोटेलाल रौनियारले बताए। उनले आन्दोलत तुहाउनको लागि यो समिति गठन गरिएको समेत आरोप लगाए।

    ‘समिति गठन गरेर १५ दिनमा प्रतिवेदन त देला १५ दिन कारोबार गर्ने वा नगर्ने गर्दा करको विषय के हुन्छ,’ रौनीयारले भने ‘यो आन्दोलन तुहाउने प्रयास गरिएको हो।’ आन्तरिक राजश्व विभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे बोनस र हकप्रद सेयर कारोबारमा अंकित चुक्ता मूल्यमा नै अग्रिम कर असुली गर्न निर्देशन दिएको थियो।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]