|

उदयपुरः सडक दुर्घटना न्युनिकरण गर्न सवारी चालक अनुमति पत्र (लाइसन्स) प्वाल पर्ने अभियानमा उदयपुर प्रहरी सक्रिय भएको छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा लापरवाहीको कारणबाट सवारी दुर्घटनामा बृद्धि भएको भन्दै मादक पदार्थ सेवन चेक जाँच गरी लाईसन्स प्वाल पर्ने थालिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी अवराज भट्टका अनुसार गएको दुई दिनदेखि साझको समयमा गाईघाटका विभिन्न चोकमा ट्राफिक प्रहरी परिचालन गरी मापसे चेक जाँच कडा बनाइएको छ। ‘हामीले मापासे गरेकालाई पक्राउ गरेर राख्ने र एक घण्टा ट्राफिक नियमबारे जनचेतनामुलक क्यलास समेत दिने गरेका छौँ,’ उनले भने, ‘गाईघाटबाट सुरु गरेर जिल्ला व्यापी बनाउने तयारीमा छौँ।’

हालसम्म प्रहरी कार्यालयका उदयपुरका अनुसार सोमबार रात ट्राफिकसहितको संयुक्त चेकिङ प्रहरी टोलीले मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिड्ने १० जना नियन्त्रणमा लिएको थियो। २२ गते मंगलबार ट्राफिकसम्बन्धी एक घण्टे कक्षासमेत लिई सम्बन्धित ट्राफिक नियम उलंघन गर्नेलाई नियमानुसार ट्राफिक जरिवाना र सवारी चालक अनुमति पत्रमा प्वाल पारी अभिभावकको जिम्मा लगाई पठाइएको एसपी भट्टको भनाइ छ।

यसैगरी, गएको २० गते मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा लागूऔषधि सेवन गरी हो–हल्ला गर्दै हिड्ने २० जनालाई नियन्त्रणमा लिएको थियो। त्रियुगा नगरपालिका बस्ने असिम राई र १२ बस्ने रवीन राईलाई केही सार्वजनिक अपराध मुद्दामा कारवाही प्रक्रियाअघि बढाएको छ। 

प्रहरीका अनुसार बाँकी १८ जनालाई एक घण्टे कक्षासमेत लिई सम्बन्धित ट्राफिक नियम उलंघन गर्नेलाई नियमानुसार ट्राफिक जरिवाना र सवारी चालक अनमति पत्रमा प्वाल अभिभावकको जिम्मा लगाएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.