|

दाङ : प्रदेश ५ का आन्तरिक मामीला तथा कानुनमन्त्री कुलबहादुर केसी (सोनाम)ले संचार माध्यमले खबरदारीको भूमिका निर्भाह गर्नु पर्ने बताए। सामुदायिक रेडियो प्रसारक संघ ५ नं. प्रदेशको प्रथम साधारणभालाई मंगलवार तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री केसीले सरकारले गरेका राम्रा वा नराम्रा कामको ठीकबेठीक छुट्याउने काम संचारमाध्यमको भएको बताए।

‘तपाईंहरू चौथो अंग हो,’ कानुनमन्त्री केसीले भने, ‘सरकारका नीति तथा कार्यक्रम कस्ता छन? ठीकबेठीक छुट्याउने र खबरदारी गर्ने जिम्मा तपार्इंहरूको हो।’
स्थानीयदेखि केन्द्रीय सरकारले गरेका कामको सकारात्मक आलोचना गर्नु पर्ने भन्दै संचार जगतले आफ्नो र पराइको रङ दिन नहुने बताए।

सो अवसरमा प्रदेश सांसद रेवतिरमण शर्माले निरङकुश र तानाशाहका विरुद्ध निरन्तर रूपमा खबरदारी गरेका रेडियोले अब सुशान र जागरणका कुरामा पनि जोड दिनु पर्ने शर्माले जोड दिए।

कार्यक्रममा पत्रकार वसन्त विवस आचार्यले पेस गरेको कार्यपत्रमाथि पत्रकार सुदीव गौतम र रेडियो मध्यपश्चिमका माधव शर्माले टिप्पणी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.