|

पाल्पा : माथागढी गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा मंगलबार चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन्। 

मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ कसेनीका २० वर्षीय जीवन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले बताए। उनको घट्ना स्थलमै मृत्यु भएको हो। 

घाइते हुनेमा सह–चालक १४ वर्षीय राहुल कुमाल रहेका छन्। उनको अवस्था सामान्य रहेको छ। लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गरी उनी घर फर्किएको प्रहरी निरीक्षक थापाले बताए। 

माथागढीको रुप्सेबाट कसेनीतर्फ आउँदै गरेको लु३त १९५३ नम्बरको ट्याक्टर मोहनेचौपारी भन्ने ठाउँमा दुर्घटनामा परेको हो। ट्याक्टर सडकभन्दा १५ मिटर तल खसेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.