राजनीति

कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, भौतिक पूर्वाधारमन्त्री खत्री सबैभन्दा धनी
SHARES

जेठ २२, २०७५

    सुर्खेत : कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले मंगलबार आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा धनी मन्त्रीमा भौतिक पूर्वाधारमन्त्री खड्ग खत्री देखिएका छन्। 

    खत्रीसँग पुर्ख्यौली थलो चिङ्गाडको रानीबासदेखि सुर्खेत भेरी गंगा, वीरेन्द्रनगर, बाँकेको कोहलपुर खजुरा, कैलाली, भक्तपुर, काठमाडाैंमा घरजग्गा तथा घडेरी रहेका छन्। उनीसँग २१ तोला सुन, एक किलो चाँदी र विभिन्न बैंक तथा कम्पनीको नाममा ४८ लाख रुपैयाँ नगद रहेको छ। तीन लाख २१ हजार २२१ कित्ता शेयरवापतकाे नगद ११ करोड ८६ लाख ७१ हजार रुपैयाँ रहेको छ। केवी एण्ड हिमाल ग्रुपमा एक लाख ४६ हजार ३०० कित्ता शेयरको रकम वापत ९ करोड ५० लाख ५३ हजार रुपैयाँ रहेको छ। तीन वटा जिप, मोटरसाइकल तीनवटा, स्काभेटर पाँचवटा, ट्रिपर आठवटा, एउटा ट्रेलर, एउटा ट्रक, एउटा भ्याकु लोडर र एउटा स्कुटर रहेको विवरणमा जनाइएकाे छ। 

    विवरणअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कालीकोट र कैलालीलगायतका ठाउँमा जमिन देखिएको छ। त्यसैगरी बैंकमा नौ लाख ३५ हजार रुपैयाँ नगद, छ तोला सुन, २०० तोला चाँदी रहेको उल्लेख छ। त्यसैगरी धितो पत्रमा कृषि सहकारी संस्थामा १० हजार रुपैयाँ नगद, सुजो मल्टी प्रपोज कम्पनी प्रालिमा अध्यक्ष रहेको तलब र व्यापारबाट आएको जम्मा १० लाख रुपैयाँ देखिएको छ।

    एउटा १५ लाख रुपैयाँको मारुती कार, कुखुरा पालनमा एक लाख रुपैयाँ बराबरको लगानी र तरकारी उत्पादनकाे मासिक दुई लाख पाँच हजार रहेको सम्पति विवरणमा उल्लेख छ। त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सार्वजनिक गरेको सम्पति विवरणअनुसार सल्यान वनगढी कुपिन्डेमा १५० वर्ग किलोमिटरमा फैलिएको घर, बर्दियाको बासगढीमा आमाको नाममा रहेको एउटा घर, काठमाडाैंमा १५ लाख रुपैयाँको घडेरी, सल्यानको शारदा नगरपालिकामा तीन लाख रुपैयाँ बराबरकाे जग्गा, दाङ तुल्सीपुरमा २५ लाख रुपैयाँ बराबरको घर जग्गा, घोराहीमा २५ लाख रुपैयाँ बराबरको घरजग्गा रहेको छ। नगद  १५ लाख रुपैयाँ, सुन तीन तोला र चाँदी १० तोला रहेको छ। विभिन्न संस्थाहरूमा छोराछोरी र आफ्नो नाममा रहेको शेयर रकम जम्मा ५० लाख ६५ हजार रुपैयाँ रहेको उल्लेख छ। त्यसैगरी ज्वालासँग एउटा ट्र्याक्टर पनि रहेको छ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नाममा जुम्ला देवलपुरमा र बाँकेमा गरी दुईवटा घर रहेका छन्। त्यसैगरी जुम्ला देपाल गाउँमा ६७ हजार वर्ग किलोमिटरमा फैलिएको जग्गा रहेको छ। भण्डारीसँग १५ तोला सुन, १० तोला चाँदी, एभरेष्ट बैंकमा एक लाख रुपैयाँ नगद, मोटरसाइकल एउटा, दुई सेट मोबाइल रहेका छन्।

    सामाजिक विकासमन्त्री दल रावलको पनि बाँके उपमहानगरपालिका र सिमकोट हुम्लामा एक/एकवटा घर, हुम्लाको सर्केगाडमा दुईवटा घर, सुर्खेत वीरेन्द्रनगरमा घडेरी र हुम्लामा जग्गा रहेको देखिन्छ। त्यस्तै, ५५ तोला सुन र १५० ताेला चाँदी रहेको छ। एसबिअाई, सनराइज र राष्ट्रिय बाणिज्य बैंकमा रावल र श्रीमतीको नाममा २७ लाख रुपैयाँ नगद रकम रहेको छ। अन्य गाई, गोरु र भैँसी र बाख्रा पनि रहेको रावलले विवरणमा उल्लेख गरेका छन्। त्यसैगरी भूमि व्यवस्था तथा सहकारीमन्त्री विमला केसीसँग रुकुम सिम्लीमा एउटा घर, विभिन्न कित्तामा पैत्रिक जग्गा जमिन, सुर्खेत वीरेन्द्रनगरमा एउटा घडेरी, दाङको तुल्सीपुरमा एउटा घडेरी रहेको छ। केसीकाे पिपुल्स इनर्जी लिमिटेडमा १० लाख रुपैयाँ शेयर रहेको छ। 

    पर्यटनमन्त्री नन्दसिंह बुढासँग डोल्पाको ठूलीभेरी नगरपालिकामा दुईवटा घर, बुबा धनीराम बुढाको नाममा दुई हजार वर्ग किलोमिटरमा जग्गा, सुन १५ तोला र चाँदी एक किलो रहेको छ। बुढासँग गाई, घोडा र बाख्रा गरी २५ वटा रहेका छन्।  

धर्मराज जिसी

जिसी थाहाखबरका सुर्खेत संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]