|

उदयपुर : नेपाली का‌ंग्रेस उदयपुरले छाया सरकार प्रमुख घोषणा गरेको छ। गएको असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका स्थानीय तहका उम्मेदवारलाई सोही तहको छाया सरकार प्रमुख घोषणा गरेको हो।

कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालका अनुसार जुन तहमा जो उम्मेदवार बनेर पराजित भएका थिए। सोही व्यक्तिलाई सोही स्थानीय तहमा छाया सरकार प्रमुख तोकिएको जानकारी दिए। ‘उदयपुरमा हामीले ८ वटा स्थानीय तहमध्ये ७ वटा पराजित भोग्नु परेको थियो,’ कटुवालले भने, ‘जुन तहमा पैसा खर्च गरेर पनि जो उम्मेदवार बनेका थिए। उहाँहरू नै सोही स्थानीय तहको छाया सरकार प्रमुख बनाएका छौं।’

कांग्रेसले त्रियुगा नगरपालिका वसन्तकुमार बस्नेतलाई तोकेको छ। बस्नेत पूर्व नेकपा एमालेका उम्मेदवार बलदेव चौधरीसँग पराजित भएका थिए। यसैगरी बेलका नगरपालिका अशोककुमार कार्की छाया सरकार प्रमुख भएका छन्। कार्की पूर्व एमालेकै दुर्गाकुमार थापासँग पराजित भएका थिए। यता कटारीमा ज्ञानेन्द्रमानसिंह राउत छाया सरकार प्रमुख बनेका छन्। राउत पूर्व एमालेका ज्ञानेन्द्र श्रेष्ठसँग हारेका थिए। यसैगरी ताप्ली गाउँपालिकामा डिकबहादुर ठकुरी छन्। 

ठकुरी पूर्व एमालेका उद्धवसिंह थापासँग पराजित भएका थिए। उदयपुरगढी गाउँपालिका जीतबहादुर खड्का, रौतामाई गाउँपालिकामा भुपेन्द्रबहादुर थापा छन्। छाया सरकार खड्का पूर्व एमालेकै मानबहादुर केप्छाकी मगरसँग पराजित भएका थिए भने रौतामाई गाउँपालिमा थापा तेस्रो स्थान ल्याएर पराजित भएका थिए। पूर्व एमालेका गजेन्द्रबहादुर खड्का विजयी भएका थिए।

लिमचुङबुङ गाउँपालिकामा पुष्पलाल राईलाई छाया सरकारको प्रमुख बनेका छन्। छाया सरकार प्रमुख राई तेस्रो मत पाएका थिए। पूर्व नेकपा माओवादी केन्द्रका मेजरकुमार राई विजयी भएका थिए। प्रमुख चौदण्डीगढी नगरपालिकामा खगेन्द्र राईले मात्र विजयी भएका थिए। चौदण्डीगढीमा स्थानीय सरकार कांग्रेसकै भएकाले छाया सरकारको नतोकेको प्रवक्ता कटुवालले जानकारी दिए। ‘हामीले पराजित वडाहरूमा समेत बनाउँछौं,’ कटुवालले भने, ‘जो उम्मेदवार बनेर पराजित भएका थिए। त्यही वडाका उम्मेदवार वडा छाया सरकार हुने व्यवस्था छ।’

कटुवालका अनुसार कांग्रेस उदयपुरले स्थानीय तहमै ४३ वटा विभागहरू गठन गरेको जानकारी दिएको छ। कांग्रेसको सोमबार सकिएको जिल्ला कार्य समितिको बैठकले पार्टी सभापतिलाई विभागलाई पूर्णता दिँदै छाया सरकार घोषणा गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.