|

बैतडी : जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका काम समयमै नसक्ने २२ कम्पनीको नाम गृहमन्त्रालयमा पठाएको छ। समयमै निर्माण नसक्ने र लापरवाही गर्ने निर्माण कम्पनीहरुको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

एम के कन्सट्रक्सन बह्रमतोला बाजुरा, इन्द्र निर्माण सेवा बैतडी, रफिना एण्ड कन्स कम्पनी काठमाडौं, श्रीराम निर्माण सेवा कञ्चनपुर, महारुद्र निर्माण सेवा बैतडी, एस के निर्माण सेवा बैतडी, कैलाश कन्सट्रक्सन बैतडी, रणवीर निर्माण सेवा बैतडी, चाँदनी कन्सट्रक्सन डडेल्धुरा, ओएसिसयस इन्जिनियर्स एण्ड बिल्डर्स काठमाडौं र एडभेन्चर कन्सट्रक्सन भरतपुरको नाम मन्त्रालयमा पठाइएको छ।

यस्तै शंकर माली अकेला जेभी, चक्र निर्माण सेवा, लोहनी एण्ड ब्रदर्श जागृति जेभी, पीएस कन्सट्रक्सन डोटी, सित्तडी कन्सट्रक्सन महेन्द्रनगर, कृष्ण निर्माण सेवा, श्रीकेदार निर्माण सेवा, एम के कन्सट्रक्सन प्रालि, गाल्वा निर्माण सेवा प्रालि, शाह निर्माण सेवा र सुप निर्माण सेवा प्रालिको नाम मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए।

२२ कम्पनीले निर्माण गरिरहेका २९ योजनाको म्याद पटकपटक थपेर पनि नसकेका कारण जिल्ला प्रशासनले मन्त्रालयको पठाएको सूचीमा उल्लेख गरिएको छ। एउटै निर्माण कम्पनीले धेरै ठाउँमा ठेक्का लिने गरेकाले आयोजना समयमै पूरा नहुने गरेको जनाइएको छ।

सडक निर्माणका काम, पुल पुलेसा, स्वास्थ्य चौकी भवन निर्माणको काममा ठेकेदारले लापरवाही गरिएको देखिएको छ। तोकिएको समय पूरा हुँदा पनि थोरै काम मात्र सक्ने निर्माण कम्पनीलाई विशेष निगरानीमा राखिएको र त्यस्ता ठेकेदारलाई स्थानीय प्रशासन र केन्द्रको निर्देशन अनुसार कारबाही गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.