|

साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन्।

सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो। साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेका थिए। 

अब यही जुन २४ देखि साउदी अरबमा महिलाले सडकमा सवारी चलाउन पाउने छन्। यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो। राजधानी रियाद सहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको साउदी सरकारले बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.