|
प्रतीकात्मक तस्विर

भोजपुर : पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक लगाउन अनिवार्य गरिएको छ। गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन्। 

गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रूपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएकोे छ। 

सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रूपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगन गरिने अध्यक्ष कार्कीले बताए।औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.