|

काठमाडौं : वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’  प्रदान गर्ने भएको छ। नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पुर्‍याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए। 

आगामी असार १५ गते सो सम्मान प्रदान गरिने सम्मानको साथमा २५ हजार रुपैयाँ र ताम्रपत्र छ। शर्मा नेपाली साहित्यमा वरिष्ठ नियात्राकारका रुपमा स्थापित छन्। उनी अंग्रेजी विषयका प्राध्यापकसमेत हुन्। 

१९७८ मा जन्मिएका लीलाध्वज थापाले २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए। उनका ‘शान्ति, पूर्व स्मृति, अमर माया नाटक, ‘दारी’ निबन्ध चर्चित छन्। विसं २०४१ मा थापाको निधन भएपछि उनको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक गतिविधि तथा स्रष्टालाई सम्मान गर्दै आएको छ। सोही सम्मानबाट गत वर्ष वाङ्मय शताब्दी पुरस्कार सत्यमोहन जोशी सम्मानित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.