|

गुल्मी : जिल्लाको इश्मा गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ। इश्मा गाउँपालिकाको  अगुवा कृषक अवलोकन भ्रमणको नाममा  गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टको अगुवाइमा वडा नं ४ वडा अध्यक्ष गनु अधिकारी,  सदस्यहरु भीमकान्त खनाल, नारायण पैयानी, मीना विष्ट, राजनीतिक दलका नेता कार्यकर्ताहरुमा ज्ञानबहादुर विष्ट, कमला जिशी, मीनबहादुर खत्री, कमला विष्टसँगै कृषि शाखाका उदय पासी,  दयेन्द्र हरिजनसहितको टोलीले कृषकको भ्रमणका नाममा रजाइँ गरेको पाइएको हो।

इश्मा गाउँपालिका वडा नं ५ का वडा सदस्य नारायण पैयानीले उत्कृष्ट काम गरेका कृषि अनुसन्धान तथा उत्कृट काम गरेका व्यावसायिक फर्महरुको अवलोकनका लागि बारा, धनुषा, इलाम, झापा, रामपुरलगायतका ठाउँहरुका लागि गएको र भ्रमण उपलब्धिमूलक रहने विश्वास लिएको बताए।

तर कृषकको नाममा जनप्रतिनिधि तथा राजनीतिक दलका सर्मथकहरुले भ्रमणमा रजाइँ गरेको र वास्तविक किसानहरु अवलोकन भ्रमणको अवसरबाट वञ्चित गरी गाउँपालिकाबाट विनियोजित रकमको दुरुपयोग गरेको इश्मा गाउँपालिकाका नेपाली कांग्रेसका छाया सरकार प्रमुख चन्द्रबहादुर महतको आरोप छ।

तर, इश्मा गाउँपालिका वडा नं ५ का अगुवा कृषक टोप बहादुर थापाले भने आफू वास्तविक किसान भएको र यस अवलोकन भ्रमणबारे कुनै थाहा नभएकाले अवलोकनको नाममा कृषकको नाम मात्रै रहेको उनले गुनासो गरे।

इश्मा गाउँपालिकाको अगुवा कृषक समूह अवलोकन भ्रमणको नाममा गाउँपालिकाले २ लाख रकम विनियोजन गरेको  स्रोतको दाबी  छ। कृषि अवलोकन भ्रमणमा वास्तविक किसानहरु परेनन् भन्ने प्रश्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोखरेलको वडा कार्यलयको सिफारिसका आधारमा अगुवा कृषक समूहहरु समावेश भएको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.