|

ताप्लेजुङ : ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा बालुवा लिन जाँदै गरेको ट्याक्टर बुधबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत कावेली खोलातर्फ वालुवा लिन जाँदै गरेको ना ५ त ९५६६ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ बस्ने २१ वर्षीय मिलन सुनुवारको घटनास्थल मै मृत्यु भएको हो।  

यसैबीच दुर्घटनामा परी ट्याक्टरमा लेबरको काम गर्ने सोही ठाउँका सरन लिम्बू र किरण लिम्बू सामान्य घाइते भएको मेवाखा प्रहरी चौकीले जानकारी दिएको छ। घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीको भनाइ छ। घाइते दुबैजनाको हात र खुट्टामा चोट लागेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.