|

रौतहट : हिजो आज अभिभाभकहरूले बच्चा जन्मिनेबित्तिकै जन्म दर्ता गराउन थालेका छन्। प्राय गरेर नागरिकता बनाउने समयमा मात्रै एकपटक जन्मदर्ता बनाउने रौतहटबासीहरु अहिले बाल पोषणभत्ताको लोभमा पनि जन्मदर्ता गराउन थालेका हुन्।

जसले गर्दा रौतहटमा बालबालिकाको जन्मदर्ता गराउने क्रम अहिले बढेको छ। यसअघि जन्मदर्ता नगराएकाले पनि आफ्ना सन्तानको जन्मदर्ता गराउन थालेका छन्। रौतहटमा एक आमाको पाँच वर्षमुनिका दुई सन्तानलाई सरकारले बालपोषण भत्ता दिन शुरु गरेपछि जन्मदर्ता गराउनेको संख्या बढेको हो।

जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ वटै स्थानिय तहका वार्ड कार्यालयहरुमा अहिले जन्मदर्ता गराउन आउनेको संख्या बढेको वार्ड सचिवहरु बताउने गर्दछन।

बालपोषण भत्ता पाउन बालबालिकाको जन्मदर्ता गर्नु पर्ने, बुवाआमाको नगरिकताको प्रतिलिपि नगरपालिकाको कार्यलयमा उपलब्ध गराउनु पर्ने भएपछि नागरिकता नबनाएका अभिभावकहरु पनि बनाउन लागेका छन्। अहिले नागरिकता बनाउनेको संख्यामा पनि बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  जन्मदर्ता गरेपनि ढिलो गर्ने गरेका अभिभावकले अहिले आफ्ना सबै सन्तानको जन्मदर्ता गराउन थालेका हुन्। अहिले जन्मदर्ता गराउनेको संख्या ब्यापक प्रतिशतले बढेको गुजरा नगरपालिका वार्ड नं. एक र दुई का सचिव रत्न बहादुर स्याङतानले बताए।

यता अहिले सम्म रौतहटका साबिक १० वटा गाबिस शत प्रतिशत जन्मदर्ता घोषणा भएका छन। गरुडा नगरपालिकाको जयनगर र पोठियाही तथा देवाही गुनाही नगरपालिकाको करुनियामा गाउ शत प्रतिशत जन्मदर्ता घोषणा हुने अन्तिम तयारीमा रहेको आयोजक संस्था जनसेवा नेपालका कार्यकारी निर्देशक भाग्य नारायण महतोले जानकारी दिएका छन।

यी क्षेत्रमा स्थानिय तहको समन्वयमा र प्लान नेपालको आर्थिक सहयोगमा जन्मदर्ताको अभियान चलाइएको हो। यस अघि चन्द्रपुर नगरपालिकाको डुमरिया,सन्तपुर लगायतका गाउहरु शत प्रतिशत जन्मदर्ता घोषणा भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.