|

काठमाडौं: सधैँ ११ बजेबाट कारोबार हुने शेयर बजार बुधबार दिउसो १: १० बाट मात्रै कारोबार भयो। यो समयअघि सरकारले हकप्रद र बोनस शेयरमा लगाएको नयाँ कर प्रणालीविरुद्ध शेयर लगानीकर्ता आनदोलनमा थिए। नेप्सेमा कारोबार ठप्प थियो।

एक दिन पूरा र एक दिनको आधा समय बन्दपछि खुलेको शेयरबजारमा उछाल आयो। कारोबार सुरु भएको ५४ मिनेटमा अधिक २७ अंकको उछाल आएको नेप्से परिसूचक त्यसपछि भने सामान्य हुँदै बजार बन्द हुने समयसम्म झण्डै १४ अंकको उकालो दर कायम भयो।

बजार सुरु हुँदा एकहजार २६८ बाट सुरु भएकोमा बन्दहुने समयसम्म १३.९१ कले वृद्धिभई एक हजार २८२ बिन्दुमा पुगेको छ।

यस दिन समुहगत परिसुद्वक तर्फ अन्य अन्तर्गतका परिसूचक बाहेक सबै परिसूचकमा हरियो पोतियो। दुई घण्टामा १३८ कम्पनीको कारोबारबाट चार लाख ९७ हजार ५९२ कित्ता शेयर पत्रको कारोबारबाट२३ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.