विश्व

ग्वाटेमाला ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो
SHARES

जेठ २३, २०७५

    ग्वाटेमाला : ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ। यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन्। 

    राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै शक्तिशाली भएको पुष्टि गरिएको छ। उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन्। 

    मंगलबार र बुधबार बिहान केही थप शव फेला परेपछि सो संख्या ७५ पुगेको र अझै ठूलो संख्यामा नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ। 

    ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौको सङ्ख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ। उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएका कैयौँ व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन्। विस्फोटमा करिब १०० भन्दाबढी घाइते भएका र उनीहरूको उपचार जारी रहेको छ। 

    आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ। तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ। 

    सेना र प्रहरीले उद्धारको काम जारी रहेको छ, उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ। ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्ने क्रम बुधबारसम्म पनि रोकिएको छैन। यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]