|

बैतडी : बैतडीको विकट बझाङ जिल्लासँग जोडिएको सिगास गाउँपालिकामा विगत चार दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। 
बझाङ बित्थड चिर गाउँपालिकाको धारीमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा सिगास गाउँपालिकाका अधिकांस ठाउँका नागरिक सञ्चार सुविधावाट वञ्चित भएका हुन्।  

सञ्चार सेवा अवरुद्ध हुँदा वडा नं ६, ७ र ८ का स्थानीयबासिन्दालाई बढी समस्या भएको मुकेस रावलले जानकारी दिए। विशेष गरी सरकारी कार्यलयमा सञ्चारमाध्यमबाट हुने कामहरू गर्न समस्या भएको उनले बताए।  उक्त क्षेत्रमा स्काई तथा नमस्ते मोबाइलको सेवा अवरुद्ध भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.