|

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी साता हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता लागि स्थान तय  भएको छ।  

ट्रम्प र किमबीचको भेट सिंगापुरको सेन्तोषा टापुमा हुने तय भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पुष्टि गरेको छ। यसअघि सिंगापुरमा भेटवार्ता हुने बताए पनि सिंगापुरको कुन स्थानमा हुने भन्ने बारे पुष्टि गरिएको थिएन। 

अनेकौँ तनावबीच यी दुई देशले शान्तिको बाटो रोजेका छन्। विश्व शान्तितर्फ अग्रसर भइरहँदा यी दुई कट्टर दुस्मन मानिएका देशको वार्ताले पनि विश्वमा शान्तिको सन्देश दिएको छ। 

अहिले विश्वको ध्यान यी दुई देशमा रहेको छ। तनाव अन्त्य गर्नका लागि उत्तर कोरियाली शासक उन अत्यन्तै नरम देखिएका छन्। उनले हालै मात्र रक्षा मन्त्रीसहित तीन उत्तर कोरियाली उच्च अधिकारीलाई बर्खास्त गरेको खबर पनि बाहिर आएको छ। उनीहरू शान्तिविरोधी भएको भन्दै बर्खास्त‍ गरिएको थियो। यद्यपि, उत्तर कोरियाले भने यसबारेमा पुष्टि गरेको छैन्।

आफू हिंसा नचाहने भन्दै उनले आफ्ना आणविक भट्टी समेत नष्ट गरे। वार्ताका लागि पहल गर्न उत्तर कोरियाली शासक उन एक महिनाभित्र दुईपटक चीन पुगे। त्यसपछि दुस्मन रहेका दुई कोरियाको मिलन पनि ६५ वर्ष पछि भयो। वार्ता गर्न भन्दै दुवै कोरियाली उच्च नेताले सीमा क्षेत्रमा दुई पटक भेटवार्ता गरे। त्यसपछि उनले आफ्ना विश्वास पात्रलाई अमेरिका पठाएर वार्ताका लागि सहज वातावरण बनाए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियासँग वार्ता गर्न आतुर रहेको बताएका थिए। उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलाई दुईपटक वार्ता पहलका लागि अमेरिका बोलाएर वार्ता गरे। 

लामो समय सम्म काम गरेका हामीहरु जस्ता (उमेर ढल्केका) भन्दा पनि  २२-२३ वर्षे जवान युवाहरु तालिममा रहेका छन्। किनकी उनीहरुको रगत तातो हुन्छ। हामी पनि जाने हो अग्र भगामा ती युवा रहने छन् ने हामी जस्ता उमेर ढल्किदै गएका पछाडी बस्ने हो।’

वार्ताका लागि केही दिन मात्र बाँकी रहँदा ट्रम्प उनको सुरक्षा चिन्ता पनि त्यतिकै रहेको छ। दुवै नेताहरूले आ-आफ्नै सुरक्षाकर्मीहरू ल्याउनेछन्। तर, सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिनेछन्। ट्रम्प उनको सुरक्षा हाम्रो चुनौती र अवसर दुवै हो भन्छन् सिंगापुर प्रहरीमा कार्यरत एक गोर्खा टुकडीका अधिकृत।

‘हामीलाई अवसर र चुनौती दुवै रहेको छ। त्यसका लागि अहिले पनि आकाशमा हेलिकोप्टरबाट पट्रोलिङ भइरहेको छ।’ उनले भने, लामो समय सम्म काम गरेका हामीहरु जस्ता (उमेर ढल्केका) भन्दा पनि  २२-२३ वर्षे जवान युवाहरू तालिममा रहेका छन्। किनकि उनीहरूको रगत तातो हुन्छ। हामी पनि जाने हो अग्र भगामा ती युवा रहने छन् ने हामी जस्ता उमेर ढल्किदै गएका पछाडी बस्ने हो।’

त्यस्तै, उनले थपे हाम्रो इमान्दारीताको कदर गर्दै सरकारले हामीलाई  जिम्मेवारी दिएको हो। ट्रम्प सिंगापुर भ्रमण यो पहिलो होइन। ‘ट्रम्प तेस्रो पटकको सिंगापुर आउन लागेका हुन्।’ उनले भने, ‘योभन्दा अघि पनि हामीलाई नै सुरक्षाका लागि खटाएको थियो त्यो काम पनि हामीले इमानदारीपूर्वक निभायौँ।’

हतियारबारे उनले भने, ‘हामीसँग बेल्जियममा बनेको एफएन एससिएआर कम्व्याट एसल्ट राइफल, पिस्तोल र खुकुरी रहेको छ।’ सबै हतियारले सुसज्जित भए पनि गोर्खाहरूले आफ्नो साथमा खुकुरी भने सधैँ नै रहनेछ। ती अधिकारीले भने कति गोर्खाको परिचालन र संख्याबारे भने गोप्य राखिएको बताए।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा पनि गोर्खा प्रहरीले नै सुरक्षा प्रदान गरेको उल्लेख गर्दै उनले थपे हाम्रो इमानदारी भनेकै भावी सन्ततिका लागि अवसर हो।  हाल सिंगापुरका ६ वटा अर्ध सैनिक कम्पनीमा झण्डै १८ सय गोर्खा प्रहरी कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.