|

सिमकोट : चीनको कैलाश–मानसरोवर दर्शन गर्न गएका भारतीय तीर्थयात्रीको घोडाबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको चेन्नाई घर भएका ६१ वर्षीय पुरुषोत्तम प्रभाकरण रहेको सिमकोट विमानस्थलमा खटिएका प्रहरी निरीक्षक मदन शाहीले जानकारी दिएका छन्। 

मानसरोवर कैलाश पर्वतलाई घोडा चढेर घुम्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको तिब्बतस्थित पुराङ जिल्लाको ताक्लाकोटमा उपचारका क्रममा मृत्यु भएको सिमकोट विमान स्थलमा खटिएका प्रहरी निरीक्षक शाहीले बताए। 

मृतक पुरुषोत्तमको शव तिब्बतस्थित ताक्लाकोटमै पोष्टमाटम गरी हेलिकोप्टरबाट हुम्लाको सिमकोट हुँदै नेपालगन्जमा लगिएको छ। प्रभाकरण स्रमाट ट्राभल्स एजेन्सीमार्फत तिब्बतको मानसरोवर पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.